१२ पुष २०७७, आईतवार   332 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले ८ अर्ब रुपैयाको साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । नियामक निकाय (SEBON)नेपाल धितोपत्र बोर्डले पौष १० गते आईपिओ निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई अनुमति दिएको हो ।

यो बैंकले ८ अर्ब रुपैयाको ८ करोड कित्ता आइपीओ सेयर सर्वसाधरणलाई निष्काशन गर्नेछ जून नेपालको अहिले सम्म कै सबै भन्दा धेरै साधारण शेयर जारी गर्ने पहिलो कम्पनी हो । यो हाल सम्म निष्काशन भएको शेयर  मध्ये कै धेरै  साधारण शेयर  हो ।

यो बैंकको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई यो बैंक स्थापना भएको हो ।





सम्बन्धित समाचार