१२ पुष २०७७, आईतवार   403 पटक हेरिएको


image

काठमाडौं । ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच महासंघमा आबद्ध सदस्य संघ/संस्थालाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीलाई आवश्यकता अनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै, बैंकले महासंघका सदस्यलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।

सम्झौताअनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधा लगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवा उपलब्ध गराउनेछ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु¥याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए । बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको र हाल व्यवसायी कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीलाई आवश्यकतानुसार अल्पकालीनदेखि दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेदेखि बैंकिङ सेवालाई सरल र सहज रूपमा उपलब्ध गराउनेगरी समझदारी भएको बताए ।





सम्बन्धित समाचार