११ पुष २०७७, शनिबार   1616 पटक हेरिएको


image

रास्ट्रिय सहकारी बैंक लि.शाखा कार्यालय , फिदिम  पाचथरको समन्वय तथा आठराई गाँउ पालिका तेह्रथुमको आयोजनामा आठराई गाँउ पालिका स्थित बिभिन्न सहकारी संस्थामा आबद्ध सहकारीहरुको भेला शुक्रवार बसी पालिका स्तरीय सहकारी संजाल गठन कार्य सम्पन्न भएको छ । सन्जाल श्री आठराई बहुउदेशीय सहकारी संस्था लि.आठराई तेह्रथुमका अध्यक्ष श्री बिष्णु प्रसाद ओलीको अध्यक्षतामा ९ सदस्सीय कमिटी गठन भएको  हो । यसै शिलशिला आठराई गाँउ पालिकाले सहकारी क्षेत्र राज्यको तिन खम्बे अर्थ निति भित्रको एक महत्वपूर्ण अंग भएको नाताले पालिकले हर सम्भब साहयता प्रदान गर्ने र सोको लागि सहकारी अभियानलाई सबल र सफल बनाऊन गाँउ पालिका पनि राष्ट्रीय सहकारी बैंकको एक हिस्सा बन्न सदस्यता लिई थप टेवा पुर्याउने प्रतिबद्दता जाहेर गर्नु भएको छ ।यसै क्रममा गाँउ पालिका अध्यक्ष श्री मान बहादुर लिम्बूले गाऊं पालिकाको तर्फबाट सहकारी बैंकमा शेयर सदस्यको लागि रु १ लाख बराबरको       चेक समेत बैंकका शाखा प्रमुख श्री बुद्द राम बललाई हस्तान्तरण गर्नु भएको थियो ।

अन्तरक्रियात्मक रुपमा संचालन भएको कार्यक्रममा बैंकका शाखा प्रमुख  श्री बुद्द राम बलले सहकारी बैंक बिशुद्द सहकारी संघ संस्थाको लागि स्थापित भएको र यसले सहकारी क्षेत्रकै बृहत्तर बिकाशको लागि बिभिन्न आधुनिक बैंकिंग सेवा तथा सुबिधाहरुको साथै सिप मूलक तालीमहरु प्रदान गर्दै आईरहेको जानकारी दिनु भयो भने सहभागी हरुको जिज्ञासामा सहकारी संस्था बाट हुने कारोबार र अन्य  बित्तीय संस्थाहरु संग हुने बित्तीय कारोबारबाट गाँउ समाजमा हुने फाईदा र बेफाईदाको बारेमा समेत थप प्रष्ट पार्नु भएको थियो ।यसै क्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि .पाचथरका अध्यक्ष श्री जीबन राज गिरिले सहकारी क्षेत्रले नै बलियो अर्थतन्त्रको बिकास समाजमा स्थापित गर्न सकिने र समृद्ध समाजको सपनालाई साकार पार्न सकिने भनाई राख्नु भएको थियो  ।

कार्यक्रममा आठराई गाँउ पालिका भित्र रहेको सबै सहकारी संस्थाहरुको अध्यक्ष , सचिब ,र ब्यबस्थापकहरुको सक्रिय उपस्थिति रहेको थियो भने सबैले आआफ्नो क्षेत्रबाट सहकारीको यो अभियानलाई सफल पार्न थप भूमिका निर्बाह गर्ने भनाई राख्नु भएको थियो ।

कार्यक्रममा आठराई गाँउ पालिका तेह्रथुमका अध्यक्ष श्री मान बहादुर लिम्बूको अध्यक्षतामा गाँउ पालिकाकै सभा हलमा सम्पन्न भएको थियो भने जिल्ला सहकारी संघ लि. तेह्रथुमका लेखा समिति संयोजनको समेत उपस्थिति रहेको थियो ।





सम्बन्धित समाचार