११ पुष २०७७, शनिबार   381 पटक हेरिएको


image

काठमा’डौं उपत्यकामा आज बिहान अत्यधिक चि’सो महसुस गरिएको छ । दिनानुदिन जाडो बढिरहेको उपत्यकामा सनिबार बिहान  १ दशमलब ३  डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ  । मौसम पूर्वानुमान महाशाखाको अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको हो। यसअघि पुष ३ मा उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो ।

हाल नेपाल’मा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।दिउसो भने मौसम सफा भई २० डिग्री सम्म तापक्रम रहने छ र  हिमाली तथा उच्च पहाड़ी भूभागमा हिमपात हुने सम्भाबना रहेको पनि जानकारी दिनु भएको  छ । तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा ह’वाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।





सम्बन्धित समाचार