११ पुष २०७७, शनिबार   380 पटक हेरिएको


image

बिस्व बजारमा डिजिटल प्रणालीले फड्को मारिसकेको अवस्थामा नेपालमा पनि यसको सुरुवात भएको पाउछौ ।केही समययता नेपालमा डिपार्टमेंट स्टोर,बिशाल बजार ,सहकारी भण्डार,तथा फेन्सी पसल मा सुरुवात भएको यो प्रबिधि शुक्रबारदेखि काठमाडौँको नक्सालको तरकारी बजारमा डिजिटल कारोबार क्यूआर पेमेन्टबाट तरकारी खरिद गर्न सकिने गरी यसको सुरुवात भएको छ ।

यस प्रबिधिको सुरुवात शुक्रबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तरकारी बजारमै पुगेर क्यूआर पेमेन्टमार्फत एक किलो अदुवा खरिद गर्दै डिजिटल कारोबारको सुरुवात गर्नुभयो ।यसको लागि सानिमा बैङ्कको  बिशेष सक्रियतामा नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुवात भएको हो । तरकारी बजारमा इन्टरनेटको सुबिधा भायानेटले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ ।सो अवसरमा गभर्नर नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने पनि जानकारी दिनु भयो ।अहिलेको समयमा सामाजिक र आर्थिक रूपान्तरणमा क्यासलेस कारोबार र प्रविधिमैत्री विद्युतीय कारोबार विकास र विस्तारमा सरकार र राष्ट्र बैङ्कले विभिन्न कार्य योजनाका साथ बढीरहेको जानकारी दिनु भयो ।यसै कार्यक्रममा बैङ्कर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैङ्कका अध्यक्ष भुवन दाहालले क्यासलेस कारोबारले बैङ्कहरूको खर्चसमेत घटाउने हुँदा बैङ्कहरू सदैव सकारात्मक हुने तथा सुरक्षित र भरपर्दो भएका कारण पनि ग्राहकले डिजिटल कारोबार नै जान  उहाँको जोड थियो ।

यो प्रबिधि सबै जसो ब्यापारिक कार्यमा लागू भएमा नेपालमा नेपाल राष्ट्र बैंकको खर्चमा पनि कटौती भई नेपाली मुद्राको आयु लम्बिने जानकारहरु बताउछन ।





सम्बन्धित समाचार