१० पुष २०७७, शुक्रबार   232 पटक हेरिएको


image

नेपाल धितोपत्र बोर्ड (SEBON)ले ब्रोकर कमिसन घटाएको छ । ब्रोकर कमिसन ३३ % ले घटाइएको हो । यो नयाँ कमिसन दर २०७७.०९.१२ देखि लागू हुने जनाएको छ । नयाँ कमिसन दर अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा निम्न दर निर्धारण गरेको छ  ।

५० हजार रुपैयाँ सम्मको कारोबारमा ०.४०%,५० हजार भन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३७%,५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ %,२० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३०%,१ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७% कमिसन लाग्नेछ ।

धितोपत्र बजारको सुधार तथा   बिकाशका क्रममा धितो पत्र दलाल ब्यबसायीले सानो रकमको कारोबार गर्ने साना लगानीकर्तालाई कारोबार सेवा बापट लिदै आएको न्यूनतम शुल्कमा ६०% सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानीकोषको इकाई तथा अन्य धितो पत्रको खरीद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५०% र संगठित संस्थाको शेयरको खरीद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ % सम्म कम हुने गरी गरिएको पुनरावलोकनबाट शेयर, ऋणपत्र, सामूहिक लगानी योजना लगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने बोर्डले जनाएको  छ ।





सम्बन्धित समाचार