PalikaExpress
१० पुष २०७७, शुक्रबार
847 पटक हेरिएको

नेसनल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड (NLICL)ले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको ९९० औ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १०% ले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले आउँदो २०७७ माघ १५ गते भर्चुयल मार्फत ३२ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा काठमाण्डौ बिहान साढे १० बजेबाट सुरु हुनेछ।


कम्पनीको लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही २०७७ माघ २ गते देखि माघ १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसै गरिसो लाभांश प्राप्त गर्न २०७७ माघ १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सो लाभांश प्राप्त तथा सभामा भाग लिन सक्ने छन।
