१० पुष २०७७, शुक्रबार   663 पटक हेरिएको


image

नागरिक लगानी कोष (CIT)ले १:०.८२८४ को अनुपातमा २०७७ पूस २८ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यस लगानी कोषको हकप्रद शेयर निष्काशन बन्द २०७७ माघ १९ गते बैंकिङ्ग समय पश्चात हुने छ ।

यस नागरिक लगानी कोषले १:०.८२८४ अर्थात् १३,५९२,५९२ कित्ता हकप्रद सेयर रु १०० रुपैयाको दरले निष्काशन गर्नेछ।यही मिति २०७७ पूस १३ गते सम्म कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरमा अवेदन दिन पाऊने छन् ।

यस लगानी कोषको हक़प्रद शेयरमा लगानी गर्न पाउने शेयरधनीहरुले C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।यस नागरिक लगानी कोषले धितोपत्र निष्काशान तथा विक्री प्रबन्धको रुपमा आर.वि.वि. मर्चेंट बैंकिङ्गलाई नियुक्ती गरेको छ ।





सम्बन्धित समाचार