१० पुष २०७७, शुक्रबार   470 पटक हेरिएको


image

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक साताभित्र अर्थात् अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाउने बताएको छ । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिने क्रममा सो जानकारी दिएका हुन । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै ढुंगानाले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे । ढुंगानाको अनुसार सही सूचना सम्प्रेषण भएमात्र बजारको दीगो विकास हुने र यसमा संचारकर्मीको ठुलो भुमिका रहने उनको भनाई रहेको छ । ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अबको केहि दिनमा लागु गर्ने जानकारी दिए। नयाँनयाँ रेकर्ड राख्ने बाटोमा अघि बढिरहेको पुँजीबजार विकास र विस्तारका ब्रोकरको टीएमएस सुधार र कम्पनीले बोर्डलाई रिपोर्टिङ गर्नका लागि कागजी प्रकृयाको अन्त्य गर्ने प्रयासस्वरुप इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टमको विकास गरिसकेको बताए । कार्यक्रममा उनले धितोपत्र बजारको राम्रो विकास भइरहेको दाबी गरे । उनले भने,‘सेयर बजारमा गत वर्षसम्म पुँजीकरणको ७/८ प्रतिशत कारोबार हुन्थ्यो, यसपाली २५ प्रतिशत पुगेको छ, यसलाई ४० प्रतिशत कटाउनु पर्नेछ ।

हाल धितोपत्रको दोस्रो बजारमा प्रतेक कारोबारमा लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा शुन्य दशमलब ६ प्रतिशत र ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा शुन्य दशमलाव ५ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा शुन्य दशमलब ४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा शुन्य दशमलब ४ प्रतिशत कमिसन दलाल लाई तिर्नुपर्ने व्यवस्था कायम रहदै आएको छ । लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र लाइसेन्स पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने समते बताएका ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पूस ९ गते साताको अन्तिम कारोबार दिन शेयर बजारले दोहोरो अंकले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ मा पुगेको छ । नेप्से १.४४ प्रतिशतले घटेको हो । कूल २०४ वटा कम्पनीको ९८ लाख ६० हजार ५ सय ३६ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३ सय २२ रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार आज बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ । बिहीबार कारोबारको आधारमा नबिल बैंक लिमिटेड पहिलो ,दोस्रोमा नेपाल लाईफ इन्सुरेन्स तथा एनआईसी एसीया बैंक तेस्रोको भई अग्रता कायम गर्न सफल भएको छ । नबिल बैंकको ६१,४९६५९४१ रूपैयाँ,नेपाल लाईफको ५९,८१,९३,५४१ र एनआईसी एसीया बैंकको ३२,२५,५३,५१७ रुपैया बराबरको शेयर कारोबार भएको हो । त्यसैगरी,आज कमाउने कम्पनीमा सोल्टी होटल,ओरिएण्टल होटल, माउन्टेन इनर्जी आदि रहेको छ भने गुमाउने कम्पनीमा समृद्धि फाईन्नास ,पञ्चकन्यामाई हाईड्रो ,महिला सहयात्री माईक्रो फाईन्नास बित्तीय संस्था रहेको छ ।





सम्बन्धित समाचार