५ कार्तिक २०७७, बुधबार   286 पटक हेरिएको


image

विश्वमा कोरोना भाइरसको संक्रमण अत्याधिक फैलिरहेको समयमा विदेशमा गएका नेपालीका स्वदेशमा रहेका आफन्त र तीनका परिवारको ‘फूर्ति’ केही कम भएको थियो ।तर, नेपालमा कोरोना भाइरसको संक्रमण बढी रहेपनि विदेशमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि विदेशमा जानेका स्वदेशमा रहेका आफन्तको ‘फूर्ति’ भने फेरी बढन थालेको छ ।

कोरोना भाइरसको सत्रंmमण फैलनुअघि विदेशमा जानेले जे जस्तो दुख पाएर रकम पठाएको भएपनि स्वदेशमा बस्नेको रहन शहन, भेषभुषा र बोली चाली बेग्लै हुने गरेको थियो । कोरोना भाइरसले त्यो शेखीलाई तोडने काम गरेको थियो । तर, अहिले कारोना भाइरसको संक्रमण विश्वमा नै कम हुन थालेपछि नेपालमा रहेका तिनका परिवारको बोली र व्यवहारमा परिवर्तन आउन थालेको छ ।

सरकारी तथ्यांकले पनि  ठूलो परिणामको रेमिटयान्सको रकम बिलासिताका बस्तु खरिदमा खर्च हुने गरेको देखाएको छ ।

अवसरको खोजीमा विदेश गएका नेपालीले दैनिक करिव ३ अर्ब रेमिटयान्स नेपाल भित्र्याउन गरेका छन् ।नेपालीले विदेशमा कमाएको पैसा औपचारिक माध्यमबाट नेपाल पठाउने परिमाण दैनिक करिब ३ अर्ब रुपैयाँबराबर हुने नेपाल राष्ट्र बैंक तथ्यांकले देखाएको छ ।

गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँको रेमिटयान्स भित्रिएको थियो । यसका आधारमा दैनिक रुपमा औसत ३ अर्बभन्दा बढी रकम रेमिटयान्सबाट भित्रिने गरेको हो ।

विदेशमा जाने नेपालीको संख्या घटेपनि रेमिटयान्स रकम भने बढेको छ । कारोना भाइरसका कारण विदेशमा रहेका नेपालीले सम्बन्धित देशमा बस्न असुरक्षित महशुस गरेपनि नेपाल फर्कन नचाहेको र जेनतेन काम गरिरहेकाले पनि रेमिटयान्स बढी भित्रन पुगेको हो ।

लामो समयदेखि कोरोना भाइरसरका कारण विदेशमा रहेका नेपाली स्वदेश र्फिता हुन सकेका छैनन् । केही नेपाली नेपाल फर्किर पनि धेरैजसो नेपाली विदेशी मुलुकमा काम गरिरहेकाले पनि रेमिटयान्स रकममा कमी नआएको रमिटयान्स कम्पनीहरु बताउँछन् ।

औपचारिक रुपमा रेमिटयान्स भित्र्याउने काम रेमिटयान्स कम्पनी र बैंकहरुले गरिरहेका छन् । बैंकिङ विस्तारले विदेशमा रहेका नेपालीले सहज रुपमा घरदैलोमा नै रेमिटयान्स रकम पाउन थालेका छन् । ७५३ स्थानिय तहमध्ये अधिकांश स्थानमा बैंकका शाखा पुगेका छन् । यसले गर्दा पनि विदेशबाट पठाएको रकम आफन्तले घरदैलोमा पाउने गरेका हुन् ।

बैंकको शाखा विस्तारले विदेशमा गएका नेपाली, रेमिटयान्स कम्पनी र बैंक दुवैलाई फाइदा भएको छ । बैंकको पहुँच विस्तारले कामदारको कमाइ सुरक्षित तरिकाले परिवारसम्म पुगेको छ ।

पछिल्लो समय रेमिटयान्स कारोबार पनि बैंकहरूको मुख्य व्यवसायमा पर्न थालेको छ । ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ ।

विशेष गरी चाडपर्वमा रेमिट्यान्स बढी भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । दसैं, तिहार, छठ, इदजस्ता ठूला पर्वको पूर्वसन्ध्यामा रेमिटयान्स बढ्ने गरेको नेपाल रेमिटयान्स एशोसिएशनका अध्यक्ष सुमन पोखरेलले बताए ।

रेमिटयान्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ । रेमिटयान्स कम्पनीमा आइएमई र बैंकतर्फ हिमालयनलगायत बैंक सुरुदेखि यस्तो सेवा दिनेमा पर्छन् ।

हाल करिब ४० लाख नेपालीहरू अध्ययन, व्यवसाय र रोजगारको सिलसिलामा विदेशमा छन् । उनीहरूले आफूले कमाएको रकम रेमिटयान्स कम्पनीमार्फत नेपाल पठाउँदै आएका छन ।

आपतविपत र चाडवाडमा विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेको रेमिटयान्स कम्पनीका सञ्चालकहरू बताउँछन् । ‘कहिल्यै पैसा नपठाउने व्यक्तिहरू पनि कोरोना भाइरसको यो महाविपतमा परिवारलाई खर्च भन्दै पैसा पठाउने गर्छन,’ एक रेमिटेन्स कम्पनीका सञ्चालकले भने, ‘त्यसैले सामान्य समयको तुलनामा यसबेला रेमिटेन्स आप्रवाह बढी भएको हो ।’

२०७२ सालको बैशाखमा आएको भूकम्पपछि पनि रेमिटयान्स बढी भित्रिएको थियो । त्यसबेला विदेशमा रहेका आफन्तले नेपालमा रहेको आफ्नो परिवार र नातेदारलाई समेत रकम पठाएका थिए । ‘आपत विपतमा सहयोग गरौं भन्ने भावना नेपालीमा छ,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘त्यसैले पनि भूकम्प पछिका दुई तीन महिनामा रेमिटयान्सको बाढी नै लागेको थियो ।’ भूकम्पका बेला ‘सेन्टिमेन्ट’ ले पनि काम गरेको राष्ट्र बैंकका ती कर्मचारीले बताए ।

नेपालमा आपतविपत र चाडपर्वको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्दछ । श्रमका लागि विदेश गएकाहरूले आपत विपत र चाडपर्वको अवसरमा घरमा पैसा पठाउने चलन भएकाले त्यस समयमा धेरै रेमिटयान्स भित्रिने गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वदेशमा हुने आफन्तलाई आपविपत र चाडपर्व खर्च पठाउने हुँदा त्यो समयमा रेमिटयान्सको कारोबार बढने गर्छ ।

गत आर्थिक वर्ष गत आर्थिक वर्ष ८ खर्ब ७५ अर्ब ३ करोड रमिटयान्स नेपाल भित्रिएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक ८ खर्ब ७९ अर्ब २७ करोड रेमिटयान्स नेपाल भित्रिएको थियो । सञ्चालनमा रहेका २७ वटा नै वाणिज्य बैंकले र बिभिन्न रेमिट कम्पनीले रेमिटयान्स रकम नेपाल भित्र्याउने गरेका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफर, आइएमई, प्रभु मनि ट्रान्सफर, वेस्टन युनियन मनि ट्रान्सफरलगायतका रेमिट कम्पनीहरुले रकम ल्याउने गर्छन् ।

हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि लगभग त्यत्ति नै हाराहारीमा हुने अनुमान छ । कोरोना भाइरसका कारणले गैरकानुनी तरिका हुन्डीबाट पैसा पठाउने क्रम भने कमी आएको छ ।

कोरोना भाइरसले मुलुको अर्थतन्त्र तहस नहस पारिरहेका बेला रेमिटयान्सले अर्थतन्त्र बचाउन सहयोग पुगेको छ । बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेका बेला रेमिटयान्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ । साभार-मेरोलगानी





सम्बन्धित समाचार