९ पुष २०७७, बिहीबार   388 पटक हेरिएको


image

प्रभु लाईफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयर यही शुक्रबार भोली बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाए अनुसार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो ।

प्रभु लाईफ इन्स्योरेन्सले यही २०७७ मंसिर २९ गतेदेखि यही पुस २ गतेसम्म कूल ६० लाख कित्ता १०० रुपैयाँ अंकित मध्य ३ लाख कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानी कोषको लागि छुटाएको थियो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अन्तिम तथ्याङक अनुसार १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट शेयरका लागि आवेदन परेको छ । जस अनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले शेयर प्राप्त गर्ने छन भने बाकी लगानीकर्ता को हात खाली हुने पक्का भएको छ ।





सम्बन्धित समाचार