९ पुष २०७७, बिहीबार   417 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को आज पूस ९ गते साताको  अन्तिम कारोबार दिन शेयर बजारले दोहोरो अंकले ओरालो  यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ मा पुगेको छ । नेप्से १.४४ प्रतिशतले घटेको हो ।

कूल २०४ वटा कम्पनीको ९८ लाख ६० हजार ५ सय ३६ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३ सय २२ रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार आज बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहको शेयर बढेको  छ भने बाँकी १० वटा उपसमूहको  शेयर घटेको छ ।

बिहीबार कारोबारको आधारमा नबिल बैंक लिमिटेड पहिलो ,दोस्रोमा नेपाल लाईफ इन्सुरेन्स तथा एनआईसी एसीया बैंक तेस्रोको भई अग्रता कायम गर्न सफल भएको छ । नबिल बैंकको ६१,४९६५९४१ रूपैयाँ,नेपाल लाईफको ५९,८१,९३,५४१ र एनआईसी एसीया बैंकको ३२,२५,५३,५१७ रुपैया बराबरको शेयर कारोबार भएको हो ।

त्यसैगरी,आज कमाउने कम्पनीमा सोल्टी होटल,ओरिएण्टल होटल, माउन्टेन इनर्जी आदि रहेको छ भने गुमाउने कम्पनीमा समृद्धि फाईन्नास ,पञ्चकन्यामाई हाईड्रो ,महिला सहयात्री माईक्रो फाईन्नास बित्तीय संस्था रहेको छ ।





सम्बन्धित समाचार