९ पुष २०७७, बिहीबार   374 पटक हेरिएको


image

नेपाल बैंक लिमिटेड (NBL)ले वार्षिक साधारण सभा आह्वान गरेको  छ ।  बैंकको यही मिति २०७७ पूस ७ गते बसेको  सञ्चालक समितिको २६ औ  बैठकले गरेको  निर्णय अनुसार बैंकको  ६१ औं वार्षिक साधारण सभा पूस २९ गते, बुधबार काठमाण्डौमा  बिहान ११ बजेदेखि भर्चुयल माध्यमबाट सञ्चालन हुनेछ ।

सञ्चालक समितिको  बैठकले गरेको  निर्णय अनुसार आ:ब: २०७६/७७ को  मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ %बोनस शेयर र ४ % नगद (कर प्रयोजनका लागि समेत ) गरी कुल १६ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको सञ्चालक समितिकको  तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आ:ब: २०७६/७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने आ:ब: २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि २०७७ पूस १६ गते एकदिन बुक क्लोजको मिति तय गरेको छ । त्यसैले २०७७ पूस १५ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार