९ पुष २०७७, बिहीबार   373 पटक हेरिएको


image

राष्ट्रिय परीक्षा बोर्ड यति खेर माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा-कक्षा १२ को नतिजा तयारीमा जुटेको छ । यो पटक धेरै स्कुलले होम सेन्टरबाटै परीक्षा सञ्चालन गरेको गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डमा अधिंकाश विद्यालयले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा१२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७अनुसार सम्पूर्ण विवरण बोर्ड पठाइसकेका छन् ।

विवरण प्राप्त भएका स्कुलको डाटा धमाधम रुजु, इन्ट्रि लगायतका काम भइरहेको छ ।लामो समयदेखि स्थगित रहेको सो परीक्षा बोर्डले गत मंसिर ९ गतेदेखि १६ गते सम्म सञ्चालन गरेको थियो ।

यो पटक नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० जना विद्यार्थी सम्मिलित थिए । सो परीक्षामा देशभरिका ४ हजार १०५ विद्यालयलाई नै परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको थियो । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालय भन्दा बाहिरका आफ्नो पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।





सम्बन्धित समाचार