९ पुष २०७७, बिहीबार   526 पटक हेरिएको


image

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो बुधबार बसेको बैठकले केन्द्रीय कार्यालय, गोलबजार सिराहामा पुस २९ गते दोश्रो साधारणसभा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

साधारणसभाले संस्थाको प्राथमिक साधारण शेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल पारित गर्ने जनाएको छ । साधारण सभामा कुनै पनि वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको खोजि गर्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको संस्थाले जनाएको छ ।





सम्बन्धित समाचार