९ पुष २०७७, बिहीबार   255 पटक हेरिएको


image

स्ट्याण्डर्ड चार्टर्ड बैंकको समायोजन मूल्यमा आज नेप्सेमा कारोबार हुने भएको छ । आज पुस ९ गते बिहिबार नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफबाट लाभांश वितरण गर्न बुक क्लोज गरेसंगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । त्यस्तै चार्टर्ड बैंकको ७ प्रतिशत बोनस वितरण गर्न पौष २४ गते शुक्रबार ३४ औं वार्षिक साधारण आब्हान गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लि को ३४ औ बार्षिक साधारण सभा मिति २०७७ पुस २४ गते एभरेस्ट होटल, काठमाडौँमा बिहान १२: १५ बजे भर्चुयल माध्यमबाट हुने भएको छ । सो सभाले संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।





सम्बन्धित समाचार