८ पुष २०७७, बुधबार   1806 पटक हेरिएको


image

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको पुस ७ गते सम्पन्न ३१३ औँ बैठकले पाँचौँ वार्षिक साधारण सभा आब्हान गरेकोछ । कम्पनी सञ्चालक समितिको पुस ७ गते सम्पन्न ३१३ औँ बैठकले पुस २९ गते बुधबार कार्की व्याङ्केट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे सभा आह्वान गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट १ जना, त्यस्तै सर्वसाधारण सेयरधनीहरुबाट १ जना गरी जम्मा २ जना सञ्चालक समितिमा प्रतिनिधि गर्ने सञ्चालकहरुको निर्वाचन पनि सभाले गर्नेछ। त्यस्तै कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी २०७१ सालमा स्थापना भएको र यस बर्ष कम्पनी स्थापना भएको पाँच वर्ष पुरा हुनेछ। नेपाल पुनर्बीमा कम्पनीले ब्यबसाय गर्दा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने नियम रहेकोले अब को आब २०७६/७७ को मुनाफाबाट भने लाभांश वितरण गर्न कानुनी बाटो खुल्ला हुने भएकोछ। साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने कम्पनीले जनाएको छ । यसअनुसार पुस १५ गते बुधबारसम्म कायम शेयरधनी मात्र साधारण सभामा सहभागी हुन सक्नेछन । नेपाल रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी १२.३७ रुपैयाँ कायम भएको वित्तीय विवरण सार्वजनिक गरेको थियो।





सम्बन्धित समाचार