८ पुष २०७७, बुधबार   1054 पटक हेरिएको


image

सेंचुरी कमर्शियल बैंक (CCBL)ले गत मिति २०७७.०९.०७ मा बसेको संचालक समिति को ३२७ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट घोषणा गरेको ७.५% लाभांश पारित गर्न यही मिति २०७७ पुस २९ गते बैंकको वार्षिक साधारण सभा हुने भएको छ ।सो सभा आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।

सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२५% बोनस सेयर र बोनसमा लाग्ने करसहित २.२५% नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।

यस सेंचुरी कमर्शियल बैंकले शेयर लगानी कर्तालाई लाभांश वितरण तथा सभामा सहभागीताको लागि बैंकले मिति २०७७ पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।





सम्बन्धित समाचार