८ पुष २०७७, बुधबार   365 पटक हेरिएको


image

नबिल बैंक (NABIL)ले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट घोषणा गरेको ३५.२६% लाभांश पारित गर्न यही मिति २०७७ पुस २९ गते बैंकको ३६ औ वार्षिक साधारण सभा हुने भएको छ ।सो सभा बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।

सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ३३.५% बोनस सेयर र बोनसमा लाग्ने करसहित १.७६% नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।

सोही सभाबाट बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गरिने भएको छ । यस नबिल बैंकले शेयर लगानी कर्तालाई लाभांश वितरण तथा सभामा सहभागीताको लागि बैंकले मिति २०७७ पुस १५ गते बुक क्लोज गर्ने भएको छ । लाभांश तथा सभामा भाग लिन लगानीकर्ताले बुक क्लोजको अघिल्लो दिनको अर्थात २०७७  पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् । 





सम्बन्धित समाचार