
कृषि विकास बैंक (ADBL)को वार्षिक साधारण सभा यही मिति २०७७ पुस २९ गते बस्ने भएको छ । बैंकले सभामा आफ्नो शेयर लगानिकर्तालाई १५% बोनस सेयर र नगद लाभांश ०.७८९५% (नगद लाभांश कर प्रयोजन समेत )वितरण गर्ने एजेन्डा पेश गर्नेछ । बैंकको अग्राधिकार सेयर लगानीकर्तालाई चुक्ता पुँजीको ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

बैंकको गत आर्थिक वर्षको आर्थिक गतिबिधिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।



सो सभा बिहान ११ बजे बाट काठमाण्डौ बस्नेछ । बैंकले भर्चुयल माध्यमबाट सभामा उपस्थित हुन आग्रह गरेको छ । यस कृषि बिकाश बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ भने , बुक क्लोज मिति को अघिल्लो कारोबार दिन सम्म कायम भएका शेयर लगानीकर्ताले लाभांश तथा सभामा भाग लिन पाउने छन ।त्यसैले बैंकले मिति २०७७ पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।