७ पुष २०७७, मंगलवार   254 पटक हेरिएको


image

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड हुने यसै साता हुने  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अहिले प्रि अलोटमेन्टको काम  धमाधम भइरहेको छ । कुनै  समस्या नभएको अवस्थामा आगामी शुक्रबार सम्ममा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड हुने जनाइएको छ ।

प्रभु लाईफ इन्स्योरेन्सले यही २०७७ मंसिर २९ गतेदेखि यही पुस २ गतेसम्म कूल ६० लाख कित्ता १०० रुपैयाँ अंकित मध्य ३ लाख कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानी कोषको लागि छुटाएको थियो ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अन्तिम तथ्याङक अनुसार १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट शेयरका लागि आवेदन परेको छ । ति आबेदक मध्य साढ़े ५ लाख जतिले शेयर आबेदकको हात खाली हुने निश्चित भएको छ ।





सम्बन्धित समाचार