७ पुष २०७७, मंगलवार   379 पटक हेरिएको


image

काठमाडौं । नेप्से आज मंगलबार ९५ दशमलव ४६ अंकले बढेर २०६१ को विन्दुमा पुगेको छ। आज सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । यस दिन २ सय ५ सय वटा कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर किनबेच बहेको छ भने ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै नेपाल लाइफकोे ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,एनआईसी एशिया र्बैंकको ४६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। करीब १० प्रतिशतले बढेको कम्पनिहरुमा शिखर इन्स्योरेन्सका, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, नबिल बैंकको शेयर ९ दशमलव ९९ प्रतिशतले नेपाल लाइफ को शेयर ९.९६ % ले बढेको छ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ का दरले गुमाउका छन् भने युनाईटेड ईदी मर्दीका लगानीकर्ता को शेयर मूल्य ९ .९० प्रतिशतले घटेको छ। आज सबैभन्दा धेरै नेपाल लाइफको ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंकमा उछालसंगै समग्र कम्पनिहरुलाई बढाउन सहयोग गर्यो । नबिल बैंकले सधैको बर्ष जस्तो यो वर्ष पनि आकर्सक प्रतिफल पस्केको कारण नबिल बैंकको शेयर मूल्यमा खरिद चाप १० प्रतिसतले बढ्दा पनि झुम्मिए। कम्पनीले भर्खरै आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमवल ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा यो वर्ष वाणिज्य बैंक मध्य सबै भन्दा धेरै लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गर्न बाँकी छ।





सम्बन्धित समाचार