PalikaExpress
६ पुष २०७७, सोमबार
640 पटक हेरिएको

नबिल बैंक (NABIL)ले लाभांश घोषणा गरेको छ । बैंकको यही मिति २०७७ पुस ६ गते बसेको संचालक समितिको ५५२ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभाश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश मध्ये ३३.५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश रहेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।