६ पुष २०७७, सोमबार   337 पटक हेरिएको


image

टिकटक भिडियो बनाउने क्रममा मिति २०७७ पुस ४ गते झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका थिए ।उनलाई थप उपचार को बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको थियो । उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो।

अन्तरास्ट्रीय रुपमा चर्चित मोबाईल एप तथा भिडियो सेयरिङ प्लेटफर्म टिकटकका प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बढेको पाइएको छ । यसको प्रयोगकर्ता जसले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । यसै बिषयलाई लिएर पश्चीमी देशले आफ्नो देशमा टिकटक बन्द नै गरेका छन भने छिमेकी देश भारतले पनि सुरक्षा कै कारण देखाई टिकटक बन्द गरेको छ । बैंकका कर्मचारी , नेपाल प्रहरी , नेपाली सेनाले ड्युटी यूनीफर्ममा नै  भिडियो बनाई सार्वजनिक गर्ने गरेको पाईएको छ । आफुलाई चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड ,गाली गलौज गरिदिने प्रवृत्ति बढेको छ ।ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा टिकटकले अपराधिक घटनालाई बढ़ावा दिईरहेको छ।सरकारले यस्ता एपको समयमानै कानून को दायरामा नराखें वा बन्द नगरे सुरक्षाकर्मी तथा प्रशासन  कै टाउको दुखाईको बिषय नबन्ला भन्न सकिन्न । एसपी रायले टिकटकबाटै गोपनीयता भंग चरीत्र हत्या , ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए ।

अभद्र व्यवहार गर्ने,रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत कार्य दिन प्रति दिन बढीरहेको छ ।’टिकटकबाटै मानसिक तनाब , हिंसा भइरहेको भन्दै प्रहरीकोमा उजुरी दिन पुग्ने महिला संख्या पनि बढेको छ । कोही यही टिकटक कै कारण आफु चर्चित तथा भाईरल हुने रहरले जोखिम लिएर भिडियो बनाएका छन भने केहिको त अनाबस्यक दुर्घटनामा परि मृत्यु समेत भएको छ र यस्तै घटना नेपालमा पनि बढ़ीरहेको छ । अबको समय सरकारले यस टिकटक बन्द गर्ने की यस्ता घटनालाई प्रश्रय दिने हो आगामी दिनले बताउने छ ।





सम्बन्धित समाचार