६ पुष २०७७, सोमबार   880 पटक हेरिएको


image

प्रभु लाईफ इन्स्योरेन्सको शेयरमा गाउँघरका सोझासाझा ब्यक्तिको नगरिकता बटुलेर शेयर आवेदन ! दिएको हो कि भन्ने आसंका बढेको छ। इन्स्योरेन्समा १० लाख बढी आवेदन कसरि आए ? कतै हामी सोझासाझा जनताको बैंक, खाता, DMAT कसैले थाहै नदिकन आफू खुसी प्रयोग त गरेनन ? यो छानबिनको विषय हुन सक्छ । नियमक निकायको ध्यान केन्द्रित होस। इन्स्योरेन्सको साधारण शेयरमा परेको आवेदनबाट सिधै अनुमान लगाउन सकिन्छ । कसरी यति धेरै आवेदन आयो ? आवेदन दिने ब्यक्ती सबैलाई आफुले शेयरमा आवेदन दिएको भन्ने थाहा होला र ? यो पक्कै पनि छनबिनको बिषय बनेको छ । कसैले थाहा नदिकन शेयर भरेको रहेछ भने पुरै शेयर जफत गरि कानुनी कठघरामा ल्याउनु पर्यो/ गर्नुपर्ने।

प्रभु लाईफ इनस्योरेन्समा आवेदक संख्याले नया किर्तिमानी रचे संघि यो खोजनिया बिषय भएको छ । खुलेका शेयरहरुमध्य अहिले सम्मकै धेरै मात्रामा करिब १० लाख ५० हजार हाराहारीमा आवेदकको आवेदन परेको छ । आवेदन दिने बिहीबार सम्म अन्तिम दिन थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार ४ः३० बजेसम्ममा १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५.१२ गुणा बढी हो । गोला प्रथाबाट आवेदन दिने करिब ५० प्रतिशतलाई १० कित्ताको दरले शेयर दिइने छ भने बाकिको हात खाली हुने प्रारम्भिक अनुमान रहेको अध्यनले देखाएको छ ।





सम्बन्धित समाचार