५ पुष २०७७, आईतवार   348 पटक हेरिएको


image

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।नेपालको संविधानमा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा वा प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा बाहेक संसद् विघटनसम्बन्धी स्पष्ट प्रावधान नभएको भएतापनी प्रधानमन्त्रीले सो कदम चालेका हुन् ।

सत्तारूढ नेकपामा विद्यमान आन्तरिक विवादका माझ प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव लगेका हुन्। यसरी प्रधानमन्त्री कार्यालयको पत्र प्राप्त हुनासाथ राष्ट्रपति बिद्यादेवी भन्डारीले प्रधानमन्त्रीको सिफारिस अनुरुप नै संसद विघटनको घोषणा गर्दै राष्ट्रपति कार्यालयले बि.सं २०७८ बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोश्रो चरणमा निर्वाचन हुने उल्लेख गर्दै बिज्ञप्ती प्रकाशित गरेको छ ।





सम्बन्धित समाचार