४ पुष २०७७, शनिबार   219 पटक हेरिएको


image

बिगत दुई दिन देखि देशको बिभिन्न भूभागमा मौसम बदली भईरहेको छ , मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिमी तथा तराईका भूभागमा  वायुको प्रभाव रहेको छ बिशेष त हिजो र आज तराईका भूभागको  अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको  छ जसले गर्दा बच्चा , बुढापाका र दम तथा निमोनियाका रोगीहरुलाई बिशेष साबधानी अपनाऊन तातो र न्यानो कपड़ा लगाई चिसोबाट बच्न  डाक्टरहरु सल्लाह दिईरहेका छन  ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रममा हल्का घटेर चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्‍ने उपायहरु अपनाउन अनुरोध गरेको छ । साथै तराईका अधिकांश भु-भाग, पहाडका केही स्थानहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कम हुने र  चिसो बढ़ने तथा सड़क यातायात , हवाई यातायात  समेत प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको  छ ।





सम्बन्धित समाचार