४ पुष २०७७, शनिबार   446 पटक हेरिएको


image

नेपाल  तथा बिदेश बाट पनि पर्यटकीय गन्तब्यको  केन्द्र बिन्दु पोखरामा केबलकार निर्माणको योजना तयार भएको छ  । केबलकार निर्माण को लागि  आयोजना प्रतिवेदन तयारका अनुसार निर्माण लगभग ४ बर्ष भन्दा बढी समय लाग्ने सो प्रतिबेदन मा उल्लेख भएको जानकारी प्राप्त भएको छ  ।

यदि सो आयोजना प्रतिबेदनका  अनुसार को कार्य सम्पन्न भए अब को साढ़े चार बर्ष पछि पोखरा बाट नै मुक्तिनाथ सम्मको यात्रा केबल कार मा नै हुने छ   । सो आयोजना पूरा गर्ने लगानी बोर्डले आयोजना पूरा गर्न लगानी   निजी क्षेत्र र विदेशी लगानीकर्ताको लगानिमा विश्वकै  सबै भन्दा लामो केबलकारका रूपमा चिनिने  सो आयोजना प्रतिवेदनमा उल्लेख छ  ।

आयोजना कस्तो , कति समयमा पूरा गर्ने ,कस्तो प्रबिधिको प्रयोग आदिको सो प्रतिबेदनमा उल्लेख गरिएको कम्पनीका प्रबन्ध सञ्चालक श्रीधर सापकोटाले जानकारी दिनु भएको छ । सम्पूर्ण बिबरण अहिले सो आयोजनाका  लगानी बोर्ड तथा  सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले सो क्षेत्रको बारेमा बिस्तृत अध्ययन गरिरहेको छ  ।





सम्बन्धित समाचार