PalikaExpress
३ पुष २०७७, शुक्रबार
385 पटक हेरिएको

एनसीसी बैंक (NCC) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभाश प्रस्ताव गरेको छ ।
यही मिति २०७७ पुस ३ गते बसेको संचालक समितिको बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १०.२६९५% र ०.५४०५ % नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात सो संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।