३ पुष २०७७, शुक्रबार   320 पटक हेरिएको


image

काठमाडौ । प्रभु लाईफ इनस्योरेन्समा आवेदक संख्या ले नया किर्तिमानी रचेको छ । खुलेका शेयरहरुमध्य अहिले सम्मकै धेरै मात्रामा करिब १० लाख ५० हजार हाराहारीमा आवेदकको आवेदन परेको छ । आवेदन दिने हिजो बिहीबार सम्म अन्तिम दिन हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार ४ः३० बजेसम्ममा १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५.१२ गुणा बढी हो । गोला प्रथाबाट आवेदन दिने करिब ५० प्रतिशतलाई १० कित्ताको दरले शेयर दिइने छ भने बाकिको हात खाली हुने प्रारम्भिक अनुमान रहेको अध्यनले देखाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधरणलाई २०७७ मंसिर २९ गते देखि साधारण शेयर निस्कासन गरेको हो ।
ईन्सुरेंस कम्पनीलाई साधारण शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७७ मंसिर ११ गते स्वीकृति दिएको थियो ।
कम्पनीले जारी पुँजीको ३०% अर्थात् ६,०००,००० कित्ता साधारण सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् ३००,००० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३००,००० सामुहिक लगानीकोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको जम्मा ५४,००,००० कित्ता सेयर सर्व साधारणलाई जारी गरेको हो।





सम्बन्धित समाचार