PalikaExpress
३ पुष २०७७, शुक्रबार
1195 पटक हेरिएको

स्ट्याण्डर्ड चार्टर्ड बैंक लि को ३४ औ बार्षिक साधारण सभा मिति २०७७ पुस २४ गते एभरेस्ट होटल, काठमाडौँमा बिहान १२: १५ बजे भर्चुयल माध्यमबाट हुने भएको छ । मङ्सिर ३० गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम सभाको मिति तय गरेको हो।

बैंकले आफ्नो सेयर लगानीकर्ताहरुलाई आब २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको थियो । मिति २०७७ मंसिर ३० गते बसेको संचालक समितिको ४०५ औ बैठकले आब २०७६/७७ को मुनाफाबाट बोनस शेयर ७% प्रस्ताव गरेको थियो ।
सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्नेछ , यसका साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।