३ पुष २०७७, शुक्रबार   551 पटक हेरिएको


image

प्रभु बैंक लि. को १९ औ बार्षिक साधारण सभा मिति २०७७ पुस २६ गते बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौँमा बिहान ११ बजे भर्चुयल माध्यमबाट हुने भएको छ । पौष १ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम सभाको मिति तय गरेको हो।

प्रभु बैंकले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको थियो ।यही मिति २०७७ मंसिर २१ गते बसेको संचालक समितिको १९३ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १०% र ०.५२६३% नगद लाभांशको कर सहितं गरी सो लाभांश प्रस्ताव गरेको थियो ।
सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्नेछ , उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट मिति २०७७.०८.३० गते स्वीकृत भएको छ। यसका साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ , त्यस्तै सो सभाले मर्जरको लागि पनि संचालक समितिलाई अख्तियारी दिने कार्यक्रम रहेको जनाएको छ।





सम्बन्धित समाचार