PalikaExpress
२ पुष २०७७, बिहीबार
1072 पटक हेरिएको

तिनाऊ मिसन डेभलप्मेंट बैंक लि(TMBDL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ ०९.०१ गते बसेको संचालक समितिको २७६ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर ६% लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी १४ औ साधारणसभा ले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।