२ पुष २०७७, बिहीबार   919 पटक हेरिएको


image

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड पुस २६ गते काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा हुने भएको  छ।सो बार्षिक साधारण सभा बिहान १० बजे शुरु हुनेछ । सभा भर्चुयल माध्यमबाट हुने भएको  हो ।

सभाले गत आ:व २०७६/७७ मा भएको नाफाबाट शेयरधनीहरुलाई ५% बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ , साथै लेखापरीक्षक नियुक्त गर्ने, २०७३ असार २० गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको १:१  हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





सम्बन्धित समाचार