PalikaExpress
३० मंसिर २०७७, मंगलवार
208 पटक हेरिएको

लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । यही मिति २०७७ मंसिर २९ गते बैंक संचालक समितिको २३६ औ बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

समितिको बैठकले बैंकले ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।