
अहिलेको भाग दौड़को समयमा आज अनायसै ति बालापनको ति कलम ,खेल्ने सामाग्री,तिनै बालापन सम्झाउने साथिभाई को यादले त्यो समयलाई अहिले यो मानसपटलमा ताजगी गरायो । यी तिनै कलम हुन जसले एक दशक साथी कै दर्जा पायो र रह्यो पनि ! कलम मात्र होइन ति बालापनको समयमा खेलेका खेलौना,स्कुल जादा बोकेको ब्याग,लगाएको चप्पल,खेल्न जादाको समय कंहाँ आऊछ र , त्यों समय मिल्ने भए फेरी एक पटक रमाउन मन छ मलाई त साथी तिमीहरुलाई नि !!! अहिलेको समयमा बनेका साथीभाई कुनै ब्यापारिक क्रियाकलाप मा संलग्न भएका र क्षणिक आनन्दको लागि मात्र बनेका हुन जस्तो लाग्छ। दुख पर्दाको साथी तिनै बालापनका साथिभाई थिए र हामी बाचुन्जेल ति समयलाई बिर्सन सक्दैनौ। साथीभाईको सहयोगको लागि सधै अगाडी बढ़ने गरिन्थ्यो ।
अहिलेको डिजिटल पुस्तामा रमाउनेको लागि थाहा नहुन सक्छ, त्यो जमानामा यहि कलमले मानिसलाई कहा कहा पुराए , त्यो खेल्ने सामग्री जून लिएर किलोमीटर पार गरेको केही जस्तो लाग्दैन थियो । अहिले हामी भुल्छु भन्दा नि ताजा नै हुन्छ यो बिताएका समय यो मानसपटलमा । आज यो सामाजिक संजालमा धेरैले बालापनको केही कुरा पोस्ट गरेको ले यो कुरा मात्र उठाएको हो !! हजुरलाइ पनि याद आयो कि ? कृपया आफ्नो नजिक को साथी भाई लाइ शेयर गर्नुस।