२९ मंसिर २०७७, सोमबार   538 पटक हेरिएको


image

नेपाल विद्युत प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार विभिन्न स्थानमा मङ्गलबार बिहान ७:०० देखि १०:०० बजेसम्म विद्युत् कटौतीहुने बताउनु भएकोछ। विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ। उनका अनुसार अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।





सम्बन्धित समाचार