२९ मंसिर २०७७, सोमबार   360 पटक हेरिएको


image

कृषि बिकाश बैंक(ADBL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर २९ गते बसेको संचालक समितिको ८५३ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १५% र ०.७८९५% नगद लाभांशको कर सहितं गरी सो  लाभांश प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ । साथै फिर्ता नहुने गरि अग्राधिकार शेयर पूँजीमा समेत बार्षिक ६ % ले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय भएको छ ।  

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार