२९ मंसिर २०७७, सोमबार   338 पटक हेरिएको


image

प्रभु लाईफ इन्स्योरेन्सको साधारण सेयर  (IPO) आज मिति २०७७ मंसिर २९ गते सोमबारबाट  आबेदन खुल्ला भएको छ । यस कम्पनिको लागि निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत (३ लाख) कित्ता कर्मचारीको लागि छुट्याइएको र थप ५ प्रतिशत (३ लाख) सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन । यो प्रभु लाईफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति २०७७ मंसिर २९ गते देखि खुल्ला भई  छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने निष्काशन तथा धितो पत्र बिक्रेता कम्पनीले जनाएको छ  । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनिको शेयरमा कति कित्ता लगानी गर्ने भनेर सर्ब साधारणलाई चासो रहे पनि सर्वसाधारणले न्यूनतम १० कित्ता देखि ५ हजार कित्ता  सम्म आवेदन गर्न सक्ने ,  यस कम्पनीको शेयरमा  सबै लगानीकर्ताको  प्रतीक्षा रहेकोले र अहिलेको समयमा सामान्यत ८ लाख देखि भन्दा बढीले आबेदन साधारण शेयरमा आबेदन पर्ने भएकोले लगानीकर्ताले १० कित्ताको लागी मात्र आबेदन दीदा उपयुक्त होला शेयर बिशेषज्ञहरु बताउछन । 





सम्बन्धित समाचार