PalikaExpress
२८ मंसिर २०७७, आईतवार
237 पटक हेरिएको

ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था (GILB) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
यही मिति २०७७ मंसिर २८ गते बसेको संचालक समितिको १२१ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर २७.४७% र १.४५% नगद लाभांशको कर सहितं गरी सो लाभांश प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।