२८ मंसिर २०७७, आईतवार   183 पटक हेरिएको


image


कास्की जिल्लाको पोखरा महानगरपालिका १७ स्थित सेती नदिको खोचबाट एपीएफ टोलीले मंसीर २७ गते एक जनाको सकुशल उद्वार गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १७ बस्ने ३१ वर्षिय कमल योगी पैदल हिड्ने क्रममा अचानक सो नदिको खोचमा खसेका थिए । सो घटनबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।उद्वार पश्चात एपीएफ टोलीले उनलाई उपचारको लागि गण्डकी मेडीकल अस्पतालतर्फ पठाएको छ ।





सम्बन्धित समाचार