२६ मंसिर २०७७, शुक्रबार   448 पटक हेरिएको


image

अहिले शेयर बजारमा हाईड्रोको मूल्य अकासिएको बेला अहिले सम्म कै धेरै साधारण शेयर जारी साहस उर्जाले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्ड (सेबोन)संग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।


यो कम्पनिले  शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआइबीएल एस क्यापिटलले गर्नेछ । यसले हाल सोलुखुम्बुमा ८६ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । । कम्पनीको आर्थिक अवस्था राम्रो रहेको भन्दै इक्रा नेपालले बि बि प्लस रेटिङ प्रदान गरेको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजना कोरोनाका कारण समस्यामा परेपनि हालसम्म झण्डै ६० प्रतिशत भौतिक काम  भएको छ । आयोजनाको कूल लागत झण्डै १२ अर्ब लाग्ने अनुमान गरिएको छ ।





सम्बन्धित समाचार