
आज साताको अन्तिम कारोबार दिन शेयर बजार केही अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (NEPSE) का अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.२७ अंकले बढेर १९६४.०२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेको छ ।

कूल २०४ वटा कम्पनीको ९८ लाख ८३ हजार एक सय ९७ कित्ता(९८,८३,१९७) शेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५०(४१,४६,३२१,०५०) रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, आज बिहीबार यी कम्पनीहरुले नाफा कमाएका छन जो यसप्रकार छन – लिबर्टी इनर्जी कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड संस्थापक शेयर, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र हिमालयन डिस्टीलरी कम्पनी लिमिटेड आदि हुन भने ,अप्पर तामाकोशी, रसुवागढ़ी हाईड्रो , सान्जेंन जलबिधुत , यूनाईटेड फाईनान्स आदि कम्पनिले गुमाएका छन त्यसै गरी कारोबार धेरै हुनेमा नेपाल लाईफ ,नेपाल पुनर्बीमा ,हिमालयन डिस्ट्रीलरी आदि रहेको छ।
