२४ मंसिर २०७७, बुधबार   544 पटक हेरिएको


image

नेपाली शेयर बजारमा केही समय पछि लगातार रुपमा विभिन्न कम्पनी ईन्सुरेन्स कम्पनीको साधारण शेयर जारी हुने भएको छ ।अहिले केही कम्पनिले नेपाल धितोपत्र बोर्डबाट निष्काशन गर्ने अनुमति पाईसकेको छ भने केही कम्पनिको बोर्डले अध्ययन गरेपछि अनुमति दिने तयारीमा रहेको छ । अहिले शेयर बजारमा यी नयाँ बिमा कम्पनीहरू साधारण शेयर निष्कासन गर्ने तयारीमा रहेको जानकारी रहेको छ । बीमा समितिको नियम तथा निर्देशन अनुसार यी जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी २ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रूपैयाँ पुर्याउनुपर्ने भएकाले उक्त कम्पनीहरू साधारण शेयर निष्कासन गर्न जुटेका छन । साधारण शेयर जारी गर्ने तयारीमा रहेका बिमा कम्पनीहरू यस प्रकारका छन् : १.प्रभु लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Prabhu Life Insurance company Ltd) प्रभु लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले यही २०७७ मंसिर २९ गते देखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड़ रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ। २. ज्योति लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Jyoti Life Insurance Company Ltd) ज्योति लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ६६ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । यस कम्पनीले साधारण शेयर जारी गर्ने सेबोन मा यही २०७७ मंसिर १९ गते निवेदन दिएको छ ।३.युनियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Union Life insurance Company ltd) युनियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । ४.आईएमई लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(IME Life Insurance Company Ltd) आईएमई लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । ५.महालक्ष्मी लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Mahalaxmi Life Insurance ltd ) महालक्ष्मी लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । ६.सिटीजन्स लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Citizen Life insurance com. Ltd) सिटीजन्स लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो। ७.सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Sun Nepal Life insurance com.ltd) सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । ८. रिलायबल नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड :(Reliable Nepal life insurance com. Ltd) रिलायबल नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । यी माथीका कम्पनीहरु मध्ये केहीले धितोपत्र नियामक निकायका शेयर जारी गर्न निबेदन दिएका छन भने केही कम्पनीहरु निबेदन दिने तयारीमा रहेको छन । यस्तैमा प्रभु लाईफ ईन्सुरेन्सले यही मिति २०७७ मंसिर २९ गते बाट शेयर बिक्रीको लागी खुल्ला गरीसकेको छ ।





सम्बन्धित समाचार