PalikaExpress
२२ मंसिर २०७७, सोमबार
1339 पटक हेरिएको

मुक्तिनाथ बिकास बैंक लिमिटेड (MNBBL)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयर लगानीकर्ताहरु लाई १५.५१% लाभांश दिने प्रस्ताव गरेको छ ।
आज मिति २०७७.०८.२१ गते बसेको सञ्चालक समितिको २३८ औं बैठकले आफ्ना शेयर लगानीकर्ताहरुलाई ११.२५ % बोनस शेयर तथा ४.२६% नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १५.५१ % को लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश (बोनस शेयर र नगद लाभांश) नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि तथा आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।
हाल कम्पनिको चुक्ता पूंजी : ४,३२,४९,८९,४८६/- रहेको कम्पनिले जनाएको छ ।