४ कार्तिक २०७७, मंगलवार   224 पटक हेरिएको


image

सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने सरकारकाे निर्णय कार्यान्यनमा कतिपय स्थानिय तहलाइ जानकारीसमेत छैन ।त्यसाे हुँदा उक्त निर्णय कसरी कार्यान्यन हाेला भनेर प्रश्न गर्न थालिएकाे छ । सरकारले आइतवार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीहरू बीच कोरोना रोकथाम नियन्त्रण र समन्वय गर्न बसेको बैठकले यस्तो निर्णय गरेको थियाे ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियाे-स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ । सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरूको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्याश मङ्सिर १५ गाते गर्ने गरी तयारी मिलाउने ।

त्यसका लागि आवश्यक पर्ने आइसीयु, एचडीयु, भेन्टिलेटर लगायतका मेसिन उपकरण तकाल खरिद गर्ने गरी तयार कार्ययोजना अनुसार खरिद प्रक्रिया मन्त्रालयले अघि बढाउने र आवश्यक पर्ने स्रोत अर्थ मन्त्रालयले मिलाउनेसमेत बैठकले निर्णय गरेको थियाे ।





सम्बन्धित समाचार