
आइतबारको दिन जति मूल्य पायो त्यतिमै शेयर फालेका लगानी कर्ता भने सोमबार पर्ख र हेरको अबस्थामा देखिए। विगत केहि महिनादेखि लगातार बढ्दै आएको शेयर बजार आइतबार एक्कासी एकैदिन १२३ अंकले घटेको थियो। केन्द्रिय बैंकले मौद्रिक नीतिको समीक्षा लिएको नीतिले बजार तरङ्गित भएको बजार सोमबार आजको दिनको कारोबारले भने आशा पलाइदिएको छ।

साताको दोस्रो दिन आज शेयर बजार उकालो लागेको छ । आईतबार शेयर बजार तिन अंकले घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ७२.२८ अंकले बढेर २००४.३९ अंकमा पुगेको छ । नेप्से ३.७४ प्रतिशतले बढेको हो ।

कूल २०६ वटा कम्पनीको एक करोड १९ लाख २० हजार ८ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बजारमा नारायणी डेभलपमेंट बैंक ,रसुवागढ़ी हाईड्रो ,बिशाल बजार कम्पनी आदिले कमाएका छन भने .गुमाउनेमा एभरेस्ट इन्सुरेन्स ,एक्सल डेभलपमेंट बैंक, आदि कम्पनीले गुमाएका छन । आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको नै शेयर बढ़ी कारोबार भएको देखिन्छ ।