PalikaExpress
२१ मंसिर २०७७, आईतवार
153 पटक हेरिएको

मञ्जुश्री फाइनान्स (MFIL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
यही मिति २०७७ मंसिर २१ गते बसेको संचालक समितिको १९१ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट १८% बोनस सेयर र ५.५% ( नगद लाभांश बोनस शेयरको कर सहितं ) गरी कुल २३.५०% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।