२० मंसिर २०७७, शनिबार   200 पटक हेरिएको


image

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (PRLIL )ले सर्वसाधरणलाई २०७७ मंसिर २९ गते देखि साधारण शेयर जारी (IPO) निष्काशन गर्ने भएको छ । यो कम्पनीको  साधारण शेयर निष्काशन बन्द छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गते हुने शेयर निष्काशन क्यापिटलले जनाएको छ ।

 यो ईन्सुरेंस कम्पनीलाई साधारण शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले  २०७७ मंसिर ११ गते  स्वीकृति दिएको  थियो ।

नेपाल धितोपत्र बोर्डकोस्वीकृति पाएसँगै कम्पनीले जारी पुँजीको ३०% अर्थात् ६,०००,००० कित्ता साधारण  सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गर्ने भएको हो  । जस मध्ये ५ प्रतिशत अर्थात् ३००,००० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३००,००० सामुहिक लगानीकोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको जम्मा  ५४,००,००० कित्ता सेयर सर्व साधारणलाई जारी गर्न लागेको हो ।

यो कम्पनिको साधारण शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार