१९ मंसिर २०७७, शुक्रबार   38 पटक हेरिएको


image

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी (SIFC)ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

मिति २०७७ मंसिर १८ गते बसेको संचालक समितिको २९६ औ बैठकले आ:ब २०७६/०७७ को मुनाफाबाट ७.३७ प्रतिशत बोनस सेयर र ३.१६ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सो लाभांश आफ्ना शेयरधनिहरुलाई बितरण गर्न सिफारिस साथ लेखापरीक्षण गरिएको बित्तीय बिबरणहरु स्वीकृतको लागी नेपाल राष्ट्र बैंकको बित्त कम्पनी सूपरिबेक्षण बिभागमा पेश गरेको र सो लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार